
जनयुद्धकाे मुख्य अाधारइलाका रहेकाे राेल्पामा विप्लव नेतृत्व नेकपाका निकट युवा संगठन याेङ्ग रेड फाेर्सकाे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।
सयाैं क्रान्तिकारी युवाहरूकाे उत्साहपूर्ण जमघट रहेकाे रेड फाेर्सकाे तेस्राे जिल्ला सम्मेलन राेल्पाकाे इरिबाङमा सम्पन्न भएकाे हाे । साे जिल्ला सम्मेलनले पृथ्वीकाे अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ ।
साे जिल्ला सम्मेलनलार्इ नेपाल कम्युनिस्ट पार्टी राेल्पाका इन्चार्ज र सेक्रेटरीले विशेष संवाेधन गरेका थिए । संवाेधनका क्रममा नेताहरूले राेल्पाले क्रान्तिकारी इतिहासलार्इ सधै बलियाे बनाएर जाने भन्दै अबकाे एकीकृत जनक्रान्तिमा पनि ती क्रान्तिकारी राेल्पाली युवाहरूकाे भुमिका महत्वपूर्ण हुने बताए ।
राजधानी काठमाडाैंमा बसेका दलाल र माफियाहरूलार्इ तह लगाउन राेल्पाबाट क्रान्तिकारी युवाहरूले अावश्यक परे जस्ताेसुकै बलिदान गर्न तयार रहेकाे याेङ्ग रेड फाेर्स राेल्पाले चेतावनी समेत दिएकाे छ ।
राेल्पाभरिबाट छानिएर ५ सय क्रान्तिकारी युवाहरू साे जिल्ला सम्मेलनमा सहभागी भएकाे राेल्पाबाट हाम्रा संवाददाताले जनाएका छन् ।

राेल्पाका क्रान्तिकारी युवाहरूकाे गर्जन








