
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले अाेली सरकारले उपत्यकालगायत ७७ जिल्लाका विभिन्न स्थानमा जारी गरेकाे निषेधाज्ञाकाे कडा रूपमा विराेध गरेकाे छ ।
जनगणान्त्रिक माेर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक प्रेस विज्ञेप्ती जारी गरेर काठमाडौं उपत्यका लगायत ७७ वटै जिल्लाका विभिन्न भागमा ओली सरकारले जारी गरेको निषेधाज्ञाको कडा विरोध गर्दै निषेधाज्ञा फिर्ता नगरिए त्यसका विरुद्ध कडा संघर्ष गर्ने चेतावानी दिएका छन् ।
मोर्चाको तर्फबाट जारी गरिएको वक्तव्यमा विरोध गर्न पाउने संविधान प्रदत्त जनताको मौलिक अधिकार खोस्ने गरी जारी गरिएको निषेधाज्ञाले समाजवादको आधार तयार पार्ने बहानामा ओली सरकारले सामाजिक फासिवाद लाद्न खोजेको गजुरेलले गंभीर अाराेप समेत लगाएका छन् ।
‘आफ्ना जनविरोधी करतुतहरु उदाङ्गिने भयबाट ग्रस्त यो प्रतिकृयावादी सरकारले आफ्नै संविधानको धारा १७ (२) (क) र (ख)लाई समेत लत्याउँदै, निषेधित क्षेत्रको घोषणा गरेर जनताको मौलिक हक माथि हमला गर्ने नीति अघि सारेको छ ।’ वक्तव्यमा भनिएको छ, ‘कुनै पनि बहानामा जनताका मौलिक हक खोस्ने कामलाई स्वीकार गर्न सकिन्न । त्यसकारण, देशका विभिन्न भागमा निषेधित क्षेत्र घोषणा गरी सीमित ठाउँहरुमा मात्र जम्मा भई प्रदर्शन गर्न पाउने जुन निर्णय गरिएको छ, यसलाई अविलम्ब खारेज गरी जनताको अधिकारलाई कुण्ठित नगर्न सरकार सँग जोडदार माग गर्दछौंं । यदि त्यसो गरिएन भने यसका बिरुद्ध कडा संघर्ष गरिने कुराको पनि जानकारी गराउन चाहन्छौं ।’
विज्ञेप्तीमा जनगणतान्त्रिक नेपालका अध्यक्ष गजुरेलले अाेली सरकारले जारी गरेकाे निषेधाज्ञालार्इ फिर्ता नगरे कडा अान्दाेलनकाे बलबाट फिर्ता गरिछाड्ने चेतावनी समेत दिएका छन् ।
विज्ञेप्तीकाे पूरा पाठ –








