नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टकाे शान्तिपूर्ण कार्यक्रममा काठमाडाैं केही दिनअघि शनिबार ४१ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेपछि त्यसकाे चाैतर्फी विराेध र अालाेचना भएकाे छ ।

काठमाडाैंकाे नेपालटारबाट पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायत चार दर्जन भन्दा बढि नेकपाका नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाेमा विभिन्न पार्टीले त्यसकाे घाेर विराेध गरेका छन् ।

शान्तिपूर्ण कार्यक्रमबाट नेकपाका कार्यकर्ताहरूलार्इ गिरफ्तार गरेकाेमा नयाँ शक्ति नेपालका एक नेताले गृहमन्त्री रामबहादुर थापा बादललार्इ अातंककारीकाे संज्ञा दिएका छन् ।

चौतर्फी विरोधकै बीच नयाँ शक्त्ति नेपालका कास्की जिल्ला संयोजक हेम बहादुर थापा ‘किरण’ले आफ्नो फेसबुक मार्फत इश्वरी दाहाद असारे काका लगायतलाई गिरफ्तार गर्ने राम बहादुर थापा (बादल)आतंकवादी हुन् भन्दै चर्को आलोचना गरेका छन्।

स्राेतका अनुसार नयाँ शक्त्तिका नेताले बादलविरुद्ध बाेलेकाेले बाबुराम भट्टरार्इलार्इ बाह्य चुनाैतीकाे सामना गर्नुपर्ने देखिएकाे छ ।

यसैगरी नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैधे किरणले पनि गिरफ्तारीको सशक्त बिरोध गरेका छन् । त्यसैगरी पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पनि नेकपाका नेता कार्यकर्ताको गिरफ्तारीको विरोध र भर्त्सना गरेका छन् ।

चाैतर्फी विराेध र भर्त्सनापछि नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाललगायत ३० जना नेता कार्यकर्ता छुटेपनि पाेलिटव्युराे सदस्य पदम रार्इ र भरत बमलगायत ९ जना नेता कार्यकर्ता अझै हिरासतमा रहेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलकाे ठाडाे निर्देशनमा प्रहरीले विप्लव नेकपाका नेता कार्यकर्ताहरूलार्इ गिरफ्तार गरेकाे विशेष स्राेतकाे भनार्इ छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार