विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो नेता ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मंगलबार राति ९ बजेतिर पुनलार्इ काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको पारिवारिक स्राेतले बताएको छ ।
पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केही पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् ।
यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्रा उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो ।
३१ जनालार्इ रिहा गरेपनि पोलिट्ब्यूरो सदस्य बम र राईसहित ७ जनालाई म्याद थपेर हिरासतै राखेको छ ।
सरकारले नेकपाका नेता कार्यकर्ताहरूमाथि गरेकाे धरपकड र गिरफ्तारीबारे विभिन्न पार्टी र मानवअधिकारवादी संघ संगठनले विराेध जनाउदै अाएका छन् ।
नेकपा क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरण, पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किराती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि विप्लव नेकपाका नेता कार्यकर्ता गिरफ्तारीकाे तीव रूपमा भर्त्सना गरेका छन् ।







