
भारतले खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् ।
सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा भारतीय बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । स्थानीय नेपालीहरूकाे यस सहासिक कार्यले भारत पछि हच्किन पुगेकाे छ ।
भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करिब २ सय बिघा धान खेत डुबानमा परेको छ ।
स्थानीयबासीले नहरको बाँध भत्काएपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेसहितको टोली त्यहाँ पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयले भारतीय पक्षलार्इ पनि छलफलका लागि बोलाएको थियो । तर, भारतीय पक्षले ‘गण्डक सिँचाइ आयोजनाका डिभिजन इन्जिनियरलार्इ मात्र बोलाए ।
तर इन्जिनियर एक्लै छलफलमा नगएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले संचारकर्मीहरूलाृय जानकारी दिए ।
भारतीय पक्षले साइफन सफा नगरिदिँदा र ह्युमपाइप अग्लो स्थानमा राखिदिएकाले पानी बगेर नहरमा नखस्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ ।
स्मरणरहाेस् भारतकाे बलमिच्चाइका कारण देशैभरिका सीमावर्ती क्षेत्रका नेपालीहरूलार्इ धेरै हैरानी व्यहाेर्नु पर्दै अाउनु परिरहेकाे छ ।







