पूर्व प्रधानन्यायधिस सुशिला कार्कीले १५ हजार नेपाली जनताले जनयुद्धमा गरेकाे बलिदान र ०६३ काे जनअान्दाेलनबाट प्राप्त गणतन्त्रमा अाेली सरकारले शान्तिपूर्ण सभामा लगाएकाे निषेधाज्ञाकाे विराेध गरेकी छिन् ।

हिजाे सरकारबाहिर रहँदा यही सडक र सभा चाँहिने अाेली प्रचण्डलार्इ अाज शान्तिपूर्ण कार्यक्रम गर्न नदिएर उनीहरूले देशमा पंचायती शासन लाद्न खाेजेकाे कार्कीले अर्काे गंभीर अाराेप लगाएकी छिन् ।

राजधानीमा अायाेजित नागरिक अगुवाहरूकाे भेलामा पूर्व न्यायधिस कार्कीले जनताकाे अावाजलार्इ कुण्ठित गर्न अाेली सरकार लागेकाे भन्दै यसका विरूद्ध नागरिक समाज अगाडि बढ्नु पर्ने बताइन् ।

विद्यमान संविधानले नै भनेकाे शान्तिपूर्ण सभा जुलुश गर्न पाउने भन्ने अधिकारलार्इ अाेली सरकारले अहिले अाएर हठातमा बन्देज लगाउनु अनाैठाे भएकाे कार्कीकाे भनार्इ छ ।

जनताले बाेल्ने भनेकै सडकमा भएकाे तर त्यही सडकमा नै अाेली सरकारले निषेधाज्ञा जारी गरेपछि जनता जंगलमा गएर बाेल्नुकाे अर्थ नहुने भन्दै उनले सरकारले तत्काल निषेधाज्ञा फिर्ता गर्नुपर्ने कार्कीकाे जाेड थियाे ।

अाेली सरकार फासिवादी र अधिनायकवादी बन्न खाेजेकाे भन्दै चाैतर्फी यसकाे विराेध र भण्डाफाेर भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार