नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शक्तिशाली जनअान्दाेलन निर्माण गरेर सामाजिक फासिवादी अाेली सरकारलार्इ पराजित गरि छाड्ने चेतावनी दिएका छन् ।

विप्लव नेकपाका उपल्लाेस्तरका नेता कार्यकर्ताहरूलार्इ अाेली सरकारले धमाधम गिरफ्तार गर्नथालेपछि नेत्र विक्रम चन्द विप्लव नेकपालगfयत नेपालका अरू सच्चा कम्युनिस्टहरूले शक्तिशाली जनअान्दाेलनबाट अाेलीकाे फासिवादलार्इ ठिक पार्नु पर्ने कट्टेलकाे भनार्इ छ ।
अध्यक्ष कट्टेलले जनपाटी अनलाइनसँग कुराकानी गर्दै नेपालमा अामुल परिवर्तनका लागि बल प्रयाेग अनिबार्य भएपनि अहिले अाम जनतालार्इ संगठित गरेर शक्तिशाली जनअान्दाेलन निर्माण गर्ने र त्यही अान्दाेलनले अाेलीकाे नेतृत्वमा रहेकाे नक्कली कम्युनिस्ट सरकार धुलीसात हुने दाबी गरे ।
नेकपा अध्यक्ष कट्टेलले अहिले नेत्र विक्रम चन्द विप्लवकाे नेतृत्वमा रहेकाे नेकपासँग देशैभरि ठूलाे शक्ति रहेकाेले अबकाे जनअान्दाेलन सिर्जना गर्नमा पनि यही पार्टीकाे भूमिका ठूलाे हुने बताए ।
निर्वाचन र जनताकाे मतकाे नाममा अाेली सरकार हिटलरजस्तै निरंकुश र फासिवादी बन्न उन्मुख भएकाे भन्दै नेकपा अध्यक्ष कट्टेलले विप्लव नेकपाका नेता कार्यकर्ता गिरफ्तार गरेर अाेलीले अाफ्नाे चिहान अाफै खनेकाे गंभीर अाराेप लगाए ।
‘अाेली सरकारले निर्वाचनकाे ध्वांश देखाएर फासिवाद लाद्न खाेजिरहेका छन्, तर त्यसलार्इ नेपालका क्रान्तिकारी जनताले असफल पारिछाड्ने छन् ।’ कट्टेलले भने, ‘जब देशमा क्रान्तिकारीहरूकाे नेतृत्वमा शक्तिशाली जनअान्दाेलन उठ्नेछ, त्यसैकाे बलमा अाेली सरकार धुलाेपिठाे हुनेछ ।’
अाेली सरकार चाैतर्फी रूपमा एक्लिएपछि निकै पराजित मानसिकता बाेकेर विप्लव नेकपाका नेता कार्यकर्तामाथि दमन र धरपकडकाे बाटाे समाउन पुगेकाे छ ।







