नेपाल वार एशाेसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले संविधानले नै दिएकाे शान्तिपूर्ण सभा जुलुशमाथि अाेली सरकारले दमन र धरपकड गरेर संविधानकाे नै उल्लंघन गरेकाे अाराेप लगाएका छन् ।

विद्यमान संविधानले शान्तिपूर्ण सभा, जुलुश र हिडडुल गर्न माैलिक स्वतन्त्रता दिएकाे भन्दै अध्यक्ष केसीले विप्लव नेकपाका नेता कार्यकर्ताहरूलार्इ गिरफ्तार गरेर अाेली सरकार निरंकुश बनेकाे बताए।
जनपाटी अनलाइनसँगकाे संक्षिप्त कुराकानीमा वार एशाेसियसनका अध्यक्ष केसीले अाफुहरू सधै लाेकतन्त्र र मानवअधिकारकाे पक्षमा रहेकाेले अहिले अाेली सरकारले विप्लव नेकपालगायत विभिन्न पार्टीका नेता कार्यकर्तमाथि धरपडक गरेर गलत गरेकाे धारणा व्यक्त गरे ।
‘हामी सधै डेमाेक्रेसीकाे पक्षमा छाैं, डेमाेक्रेसीमा माैलिक हक भन्नाले शान्तिपूर्ण सभा जुलुश र हिडडुल गर्ने स्वतन्त्रता दिएकाे छ।’, वारका अध्यक्ष केसीले भने, ‘संविधानले नै दिएकाे अधिकारलार्इ अाेली सरकारले उल्लंघन गरेकाे छ, याे निकै दुखद छ ।’
हालैका केहीदिन भित्र मात्र विप्लव नेकपाका तीन पाेलिटव्युराे सदस्यहरू पदम रार्इ, भरत बम र अाेम प्रकाश पुनलार्इ हिरासतमा राखेकाे छ ।
केही दिन अघि शनिबार काठमाडाैंबाट नेकपाका पाेलिटव्युराे सदस्य रार्इ र बमलगायत ५१ जनालार्इ गिरफ्तार गरेकाे थियाे, तीमध्ये ४१ जना रिहा भएपनि रार्इ र बमलगायत ९ जना नेता कार्यकर्ता अझै हिरासतमा रहेका छन् ।
मंगलबार राती ९ बजे नेकपाका पाेलिटव्युराे सदस्य अाेम पुनलार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । यसरी सरकारले नेकपाका नेता कार्यकर्तामाथि यसरी दमन र धरपकड गर्न थालेपछि त्यसकाे चाैतर्फी विराेध र भण्डाफाेर भएकाे छ ।
विभिन्न पार्टी र नागरिक समाजका अगुवाहरूले अाेली सरकारकाे यस्ताे हर्कतकाे विराेध गरेका छन् ।







