पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यगणेश विक (गुराँस) एमाले र माओवादी केन्द्र एकतापछि बनेको सरकारी ब्राकेट (नेकपा) परित्याग गर्दै विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

नवलपुरमा रहेर लामोसमय देखि माओवादी आन्दोलनमा क्रियाशील गुराँसले प्रचण्डले सहिदको रगत र क्रान्ति विरुद्ध गद्दारी गरेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

बुधवार एक प्रेश विज्ञप्ती जारी गरि नेता गुराँसले कम्युनिष्ट र वामपन्थीको नाममा कथित सरकारी ब्राकेट (नेकपा) ले बुर्जुवा समाजवादको झुट्टा कुरा गरेर सत्र हजार सहिदहरुको अपमान गरेको बताएका छन् ।

उनले आजको बिषम परिस्थितिमा क्रान्तिकारीहरुको आँखामा रतन्धो लाग्न नहुने भन्दै क्रान्तिको ऐतिहासिक जिम्मेवारी पुरा गर्न जनताको आशा र भरोसाको केन्द्र बन्न सफल विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेको बताएका छन् ।

उनले सवै क्रान्तिकारीहरुलाई कथित दक्षिणपन्थी संशोधनवाद र दलालहरुको पार्टीबाट विद्रोह गर्न अपील समेत गरेका छन् ।

उनलार्इ नेकपाका पाेलिटव्युराे सदस्य वीरजंगले अाफ्नाे पार्टीमा स्वागत तथा अभिनन्दन गरेका थिए ।

उनीद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार