विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूमाथि अाेली सरकारले व्यापक दमन र धरपकड गर्नथालेपछि नागरिक समाज, मानवअधिकारवादी संघसंगठनहरूले त्यसकाे तीव्र रूपमा विराेध र भर्त्सना गर्न थालेका छन् ।

जनयुद्धका क्रममा तत्कालीन माअाेवादी र सरकारलार्इ वार्ताका लागि खबरदारी गर्ने नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले अहिले अाेली सरकारले नेकपाका नेता कार्यकर्तामाथि भइरहेकाे दमन र धरपकडकाे विराेध गरेका छन् ।
वर्तमान संविधानले नै शान्तिपूर्ण सभा, जुलुश गर्न दिने अधिकारमाथि यही सरकारले उल्लंघन गरिरहेकाे भन्दै नागरिक अगुवा डा. दीक्षितले तीव्र अाक्राेश व्यक्त गरे । दीक्षितले सरकारलार्इ यस्ता हर्कत राेक्न अाग्रह समेत गरेका छन् ।
जनपाटी अनलाइनसँगकाे कुराकानीमा नागरिक अगुवा दीक्षितले विप्लव नेकपाका जति पनि नेता कार्यकर्ताहरू अाेली सरकारद्धारा गिरफ्तार भएका छन्, ती सबैलार्इ अविलम्ब रिहा गर्न अाग्रह गरे ।
‘विप्लव नेकपालगायत जुनसुकै पार्टीद्धारा अायाेजनामा हुने शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप, दमन र धरपकड राेकिनपर्छ ।’ दीक्षितले भने, ‘गिरफ्तार भएका सबैलार्इ रिहा गरिनुपर्छ ।’
जनयुद्ध र जनअान्दाेलन गरेर अाएका पार्टीका नेताहरू अहिले सत्तामा हुने र उनीहरूले नै अाफ्नै हिजाेका सहकर्मीहरूलार्इ दमन गरेर जाने बाटाे अबलम्बन गर्नु निकै दुखद भएकाे नागरिक अगुवा डा. दीक्षितकाे भनार्इ छ ।
तत्कालीन माले (एमाले)ले पंचायती व्यवस्थाका विरूद्ध अान्दाेलन गर्दा अाफुहरूले तत्कालीन शासकसँग अान्दाेलनकारीहरूलार्इ दमन नगर्न सहजकर्ताकाे भूमिका निर्वाह गरेकाे इतिहास काेट्टयाउदै डा. दीक्षितले अहिले अाेली अान्दाेलनलकारी विप्लव नेकपालार्इ दमनकाे बाटाे राेज्नु अनाैठाे भएका बताए ।
जनयुद्धका क्रममा अाफुहरूले संकटकाललार्इ कुनै प्रवाह नगरेर त्यत्राे भूमिका पूरा गरेकाे अाफुहरूले अहिले उनै अान्दाेलनकारी शक्ति सत्तामा पुगेर फेरि पूराना शासकहरूकाे बाटाे पछ्याउनु निकै दुखलाग्दाे भएकाे दीक्षितले दुखेसाे पाेखे ।







