
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, पार्टी केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज तथा रातो खबर प्रकाशनगृहका निर्देशक गुणराज लोहनी ‘मुकुन्द’ लाई मातृशोक परेको छ ।
लोहनीकी ममतामयी आमा विष्णुदेवी लोहनीको २०७५ साल असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको छ । विष्णुमायाको निधनप्रति नेकपाका महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आमा विष्णुमाया लोहनीको निधनले हाम्रो पार्टीलाई धेरै नै मर्माहत बनाएको छ । हाम्रो गौरवशाली पार्टी ममतामयी आमा विष्णुदेवी लोहनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’
महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ,
‘नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर लामबद्ध सङ्घर्षशील बौद्धिक योद्धा कमरेड मुकुन्दलाई जन्म दिने ममतामयी आमाको दुःखद् निधनले कमरेड मुकुन्दलगायत सम्पूर्ण लोहनी परिवारमा परेको शोकप्रति हाम्रो पार्टी हार्दिक समवेदना प्रकट गर्दछ ।’
विज्ञेप्तीकाे पुरा पाठ –








