पूनगर्ठित नेकपा माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले विप्लव नेकपाका पाेलिटव्युराे सदस्यह भरत बमलगायत गिरफ्तार नेता कार्यकर्ताहरूकाे  सरकारसँग रिहाइकाे माग गरेका छन् ।

विहीबार एक प्रेस नाेट जारी गर्दै अध्यक्ष किरातीले शान्तिपूर्ण कार्यक्रममा गिरफ्तार नेकपाका नेता कार्यकर्ताहरूलार्इ विनाशर्त रिहा गर्न अाेली सरकारलार्इ अाग्रह गरेका हुन् ।

साथै किरातीद्धारा जारी प्रेस नाेटमा चिकत्कस डा. गाेविन्द केसीद्धारा चालिएकाे अान्दाेलनकाे पक्षमा एेक्यबद्धता जाहेर गरिएकाे छ ।

गत शनिबार विप्लव नेकपाका पाेलिटव्युराे सदस्य भरत बम, अर्का पाेलिटव्युराे सदस्य पदम रार्इलगायत ५१ जना नेता कार्यकर्ताहरूलार्इ काठमाडाैंकाे एक पार्टी प्रवेश कार्यक्रमबाट गिरफ्तार गरिएकाे थियाे ।

गिरफ्तारमध्ये नेकपाका केन्द्रीय सल्लाहकार अध्यक्ष इश्वरी दाहाल असाराे काकालगायत ४१ जना नेता कार्यकर्ता रिहा भएपनि अहिले पनि भरत बम र पदम रार्इलगायत ९ जना नेता कार्यकर्ताहरू प्रहरी हिरातसमा छन् ।

मंगलबार मात्र काठमाडाैंबाट नेकपाका पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनलार्इ पनि प्रहरीले गिरफ्तार गरेकाे छ ।

यसरी सरकारले नेकपाका नेता कार्यकर्तामाथि व्यापक दमन र धरपकड गर्न थालेपछि त्यसकाे चाैतर्फी  विराेध र भण्डाफाेर भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार