
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे शान्तिपूर्ण कार्यक्रममा सरकारले नेता कार्यकर्तामाथि दमन र धरपकड गरेपछि माेहन विक्रम सिंह नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी मसालले पनि त्यसकाे घाेर विराेध गरेकाे छ ।
नेकपा मसालका महामन्त्री माेहन विक्रम सिंहले विप्लव नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा अाेली सरकारद्धारा गरिएकाे धरपकड र गिरफ्तारकाे विराेध गरेका छन् । महामन्त्री सिंहले सरकारद्धारा गिरफ्तार नेता कार्यकर्ताकाे रिहार्इकाे माग समेत गरेका छन् ।
विप्लव नेकपा, माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीसहित चार कम्युनिस्ट गठबन्धनमा सँगै रहेकाे नेकपा मसालका महामन्त्री सिंहले जनपाटी अनलाइनसँगकाे कुराकानीमा अाफ्नाे पार्टीले विप्लव नेतृत्वकाे नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा भएकाे गिरफ्तारकाे सधै विराेध गर्दै अाइरहेकाे बताए ।
‘नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा अाेली सरकारद्धारा गिरफ्तार नेता कार्यकर्तामाथि भएकाे दमनकाे हामीले सधै विराेध गर्दै अाएका छाैं र अहिले पनि विराेध गर्छाैं ।’ महामन्त्री सिंहले भने, ‘विप्लव नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा गिरफ्तार सम्पूर्ण नेता कार्यकर्ताहरूकाे रिहा गर्न पनि हामी सरकारलार्इ अाग्रह गर्छाैं ।’
सिंहले विप्लव नेकपाकाे हिंशात्मक गतिविधिलार्इ अाफ्नाे पार्टीले समर्थन नगर्ने तर शान्तिपूर्ण कार्यक्रममा उनीहरूसँग सहकार्य गरेर जाने भनार्इ राखे ।
विप्लव नेकपाले अाफ्नाे पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलार्इ पत्र लेखेर राजिनामा गर्न दिएकाे धम्कीकाे विराेध गरेकाे र त्याे गतिविधि नसच्चाएसम्म तत्काल सहकार्यमा समस्या निम्तिएकाे सिंहकाे भनार्इ छ ।







