जनताको काम गर्ने भनेर निर्वाचित भएका जनप्रतिनिधिहरु निश्चित आफ्नो स्वार्थको लागि आपसी लडाइँ र झगडा गरिरहेको सर्वसाधारणहरू अाक्राेशित भएका छन् ।

बाजुराको बडिमालिका नगरपालिकाका मेयर र वडाअध्यक्षहरुबीचको फेरि विवाद फेरि चुलीमा पुगेपछि दुवै पक्षबीच झडप भएकाे छ । मेयरमा काँग्रेसबाट पदमबहादु बडुवाल विजयी थिए । पहिलो बैठकदेखि एमाले र काँग्रेसबीच विवाद सुरु भएको थियो ।

नेपाली काँग्रेस र पूर्व एमाले र माओवादी केन्द्रबाट गरी तीन पार्टीका उम्मेदवार निर्वाचित भएका यहाँका जनप्रतिनिधिहरुबीच सुरुदेखि नै विवाद हुँदै आएको छ ।

अहिले एमाले र माकेको एकीकरणपछि त्यो विवादले चर्को रुप लिएको छ । दुबै पार्टीका प्रतिनिधिहरु एक ठाउँमा आएपछि काँग्रेस कमजोर भएको छ । बडिमालिका नगरपालिकामा कांग्रेसबाट पदमबहादु बडुवाल विजयी हुनुभएको थियो ।

पछिल्लो विवादमा नगरपालिकाको माइन्यूट खोसाखोस भएको छ । तर, माइन्यूट पूर्वएमालेबाट निर्वाचित भएका वडाअध्यक्षहरुले कब्जामा लिएका हुन् । उनीहरुले नगरपरिषदमा राजनितिक आस्थाका आधारमा बजेट विनियोजन गरेको भन्दै निणर्य पुस्तिका (माइन्यूट) खोसेका हुन् ।

नगरपालिकाको बैठक भइरहेका बेला नेकपा एमालेका वडाध्यक्ष भएका सबैले हल्ला गरेको र एक जनाले माइन्यूट खोसेर भागेको बताइएको छ । वडा नम्बर २,३,४,७ र ९का वडाध्यक्षले माइन्यूट खोसेर बैठकबाट भागेका थिए । लगत्तै उनीहरुले पत्रकार सम्मेलन समेत गरे । आफूहरुको पाँच वटा बुँदामा असहमति रहेको बताए ।

योजनामा बजेटन विनियोजन नभएको, तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्ष विजय भएका योजनामा बजेट कम विनियोजन गरिएको, स्थानीय सरकार वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनलाई बेवास्ता गरिएको लगायतका आरोप लगाएका छन् ।

आफूहरुका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार बिकले बताए ।

नगरपालिकामा सुरुदेखि भएको विवादबाट स्थानीय दिक्क भएका छन् । जनताको काम गर्न पठाएका प्रतिनिधिहरु अापसी लडाइँमा व्यस्त भएपछि उनीहरु निरास भएका छन् । यसले विकास र सेवा प्रभावित भएका छन् । अहिले स्थानीय भन्छन्-‘बेकारमा जिताए छौं थुक्क भातेहरु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार