नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी कर्णालीले मुगुमा आयोजना गरेको शान्तिपूर्ण जनसभामाथि प्रहरीले हवाईफायर गरेेकाे छ ।

नेकपाकाे एकीकृत जनजागरण अभियानअन्तर्गत शुक्रबार मुगुको सदरमुकाम गमगढीमा भएको जनसभामा प्रहरीले अश्रुग्याँससहित हवाईफायर गरेपछि झडप निम्तिएकाे थियो ।

प्रहरीको हवाईफायर र आक्रमण गर्दा नेकपाका जिल्ला सचिवालय सदस्य अडिकसहित ६ जना घाइते भएका छन् । झडपमा परी स्थानीय बासिन्दाको एक बच्चासमेत घाइते भएको समाचार प्राप्त भएको छ ।

सदरमुकाम गमगढीस्थित बजारमा प्रहरीले छापामारिरहेको बताइएको छ । नेकपाले प्रतिरोध जुलुस र सभा गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।

कार्यक्रमस्थलबाट प्रहरीले नेकपा मुगुका इन्चार्ज सङ्गम र जिल्ला सचिवालय सदस्य अडिकलाई गिरफ्तार गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले राज्यले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय भन्दै भत्र्सना गरेका छन् ।

इन्चार्ज बीसीले गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहाइको माग गर्दै आफ्नो शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् ।

नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको प्रति स्थानीय काङ्ग्रेसलगायत संसदीय पार्टीहरूले समेत विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार