हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुको शव पोखरा ल्याइएकाे छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत शनिबार बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमै छाडिएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

यसैबीच साे दुर्घटनामा मृत्यु हुनेमा विप्लव नेकपा राेल्पाका कार्यकर्ताहरू समेत रहेकाे नेकपा राेल्पाका सेक्रेटरी पाेष्टमानले बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत राेल्पा सुनछहारी गाउँपालिका १ घुसबाङ निवासी जाे पूर्व जनमुक्ति सेना सदस्यका साथै याेङ रेड फाेर्सका जिल्ला सदस्य रामकुमार पुन र सन्तु घर्तीसहित अधिकांश राेल्पाली रहेकाे बताएका छन् ।

साथै साेही दुर्घटनामा नेपाल कम्युनिस्ट पार्टीका इलाका कमिटी सदस्य रिसे घर्ती, कुम्भिर पुन, इश्वर पुन, दिलक पुन र विमल घर्तीलगायत घाइते रहेकाे सेक्रेरी पाेष्टमानले जनाएका छन् ।

उनले घाइते सबैकाे निशुल्क उपचार गर्नपनि सरकारलार्इ अाग्रह समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार