नेपालको तराई मधेसको सीमा क्षेत्रमा हुने डुवान समस्यामा भारत मुख्य दोषी पाइएको एक अध्ययनले देखाएकाे छ ।

नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले हालै ७ स्थानमा गरेको स्थलगत अध्ययनका अनुसार सीमा क्षेत्रमा हुने डुवानमा भारत दोषी देखिएकाे छ । अध्ययन अनुसार कतै भारतीय पक्षले अवैज्ञानिक तटबन्ध बनाएको त कतै तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबेको पाइएको जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाले बताएका छन् ।

थापाका अनुसार देशको पूर्वी भागका ७ वटै स्थानमा भारतीय पक्षको कमजोरी देखिएको छ । सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुवानमा परेको छ भने सिराहाको मैनावत्ती र गगन नदीको पानी जमेका कारण नेपाली भूभाग पर्ने गरेको छ ।

खुरौना पुल भत्केको र कल्भर्ट सानो बनेका कारण पानी बगेर जान पाएको छैन, जसका कारण डुबानमा पर्ने गरेको समितिको ठम्याई छ । यसैगरी कमला ब्यारेजमा नेपालतिरको सबै तटबन्ध निर्माण भएको तर, भारतीयले भने तटबन्ध निर्माण नगरेको देखिएको छ ।

पानी बगेर जाने स्थानमा ग्रेभयार्ड रहेको र बालुवा जमेको छ, जसले पानी बग्न दिएको छैन । बग्न नपाएको पानी ‘ब्याक’ भएपछि नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ । महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध अवैज्ञानिक भएको पाइएको छ ।

सर्लाहीको बकरी बारामा भारतको मुडाहा नदीको पानी नेपालतर्फ आउने गरेको छ ।त्यसैगरी रौतहटको लालबकैयामा नेपालतर्फ तटबन्ध निर्माण भएको छ तर, भारतीय पक्षले तटबन्ध निर्माण नगर्दा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार