
विप्लव नेकपाको कर्णाली ब्युरोले शनिबार मुगुको गमगडीमा आयोजना गरेको एकीकृत जनजागरण अभियानअन्तर्गत शान्तिपूर्ण जनसभामा प्रहरीले एकतर्फी हमल गरेकाे भन्दै त्यसका विरूद्ध प्रतिराेध गर्ने चेतावनी दिएकाे छ ।
शुक्रवार अायाेजना गरिएकाे शान्तिपूर्ण कार्यक्रमबाट हुम्ला इन्चार्ज संगम र सेक्रेटरी समाजसहित अाधा र्दजन नेता कार्यकर्ता प्रहरी हिरासतमा रहेकाे भन्दै नेकपाले कर्णाली व्युराेले चरणबद्ध संघर्षकाे घाेषणा गरेकाे छ ।
कर्णाली व्युराेअन्तर्गत असार २३ गते काेणसभा, विराेधसभा र भण्डाफाेरसभाकाे अायाेजना गरिएकाे छ भने २४ गते मशाल र असार २५ गते कर्णाली बन्दसमेत आयोजना गरिएको छ ।
शुक्रबर कार्यक्रममा हमला गरी माइक खोस्ने, मञ्च तोडफोड गर्ने, हजारौँ जनतामाथि आक्रमण गर्ने, अश्रुग्याँस र हवाईफायर गर्ने, नेता–कार्यकर्ता र कलाकारलाई घाइते बनाएर गिरफ्तार गर्ने हिटलरी फासिवादी कार्य गरेको भन्दै कर्णाली ब्युरोका इन्चार्ज एटम बीसीले सङ्घर्ष घोषणा गरिएको जनाएका हुन् ।
इन्चार्ज बीसीद्वारा शुक्रबार विज्ञप्तिमा दमनले प्रतिरोध र विद्रोह जन्माउने र जस्तासुकै मै हुँ भन्ने शासकहरू पनि धराशयी हुने उदाहरण प्रस्तुत गर्दै एटमले दमन गर्नु सरकारले आफ्नै मृत्यु निम्त्याउनु हो भन्नेसमेत प्रस्ट पारेका छन् ।
नेकपा कर्णाली ब्युरोका सङ्घर्षका कार्यक्रम
असार २३ गते शनिबार कर्णाली क्षेत्रभर कोणसभा, विरोधसभा र भण्डाफोरसभा ।
असार २४ गते आइतबार कर्णालीका सबै जिल्लामा मशालजुलुस प्रदर्शन ।
असार २५ गते सोमबार कर्णाली बन्द ।
हस्तलिखित विज्ञेप्तीकाे पूरा पाठ –








