
जनयुद्धकाे मुख्य अाधारइलाका रहेकाे राेल्पामा विप्लव नेतृत्व नेकपाका निकट युवा संगठन याेङ्ग रेड फाेर्सकाे जिल्ला सम्मेलनकाे दाैरानमा क्रान्तिकारी युवाहरूले प्रचण्ड र बादलकाे गद्धारीका विरूद्ध चर्का नारा जुलुश गर्दै जनयुद्धका सपना पूरा गर्ने कसम खाएका छन् ।
केही दिन अघि सम्पन्न जिल्ला सम्मेलनमा वर्षाकाे कुनै प्रवाह नगरी सयाैं क्रान्तिकारी युवाहरूकाे उत्साहपूर्ण जमघट रहेकाे रेड फाेर्सकाे तेस्राे जिल्ला सम्मेलन राेल्पाकाे इरिबाङमा सम्पन्न भयाे । साे जिल्ला सम्मेलनले पृथ्वीकाे अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ ।
साे जिल्ला सम्मेलनलार्इ नेपाल कम्युनिस्ट पार्टी राेल्पाका इन्चार्ज र सेक्रेटरीले विशेष संवाेधन गरेका थिए । संवाेधनका क्रममा नेताहरूले राेल्पाले क्रान्तिकारी इतिहासलार्इ सधै बलियाे बनाएर जाने भन्दै अबकाे एकीकृत जनक्रान्तिमा पनि ती क्रान्तिकारी राेल्पाली युवाहरूकाे भुमिका महत्वपूर्ण हुने बताए ।
राजधानी काठमाडाैंमा बसेका दलाल र माफियाहरूलार्इ तह लगाउन राेल्पाबाट क्रान्तिकारी युवाहरूले अावश्यक परे जस्ताेसुकै बलिदान गर्न तयार रहेकाे याेङ्ग रेड फाेर्स राेल्पाले चेतावनी समेत दिएकाे छ ।
राेल्पाभरिबाट छानिएर ५ सय क्रान्तिकारी युवाहरूले प्रचण्ड बादलकाे प्रतिक्रान्तिकारी गिराेहका विरद्ध क्रान्ति छेड्ने हुंकार गरेका छन् ।
सम्मेलनका क्रममा चर्का नारा लगाएका क्रान्तिकारी युवाहरूकाे यस्ताे छ दृश्य –
https://www.facebook.com/100010272696849/videos/651966545155763/







