सत्ताधारी नेकपामा पछिल्लो समय अाेली अधिकनायकवादी बन्न खाेजेकाे अर्थात् अभिव्यक्ति स्वतन्त्रतामा ओली पक्षले कडा रूपमा ‘सेल्फ सेन्सर’ लगाउन खाेजेकाे भन्दै पार्टीभित्रबाटै प्रतिपक्षीहरू बिस्फाेट हुँदैछन् ।

बन्द कोठामा नेताहरु सरकारको काम कारवाही अनि मन्त्री तथा प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेकाहरू अब सार्वजनिक फोरमहरुमा बोल्न थालेका छन् ।ओली चरम असहिष्णु बन्दै जान थालेकाे भन्दै पार्टीभित्रका प्रतिपक्षीहरू एक हुँदैछन् ।

अन्तरपार्टी जनवादका लागि पार्टीभित्र वैकल्पिक नेतृत्व र वैकल्पिक विचार शक्तिशाली हुन जरुरी छ भन्दै नेकपाका नेताहरू प्रधानमन्त्री केपी ओली अहिले आफ्नो बेलगाम यात्राको ‘क्लाइमेक्स’मा पुगेका छन्, जसको ‘फल डाउन’ अवश्यंभावी भएकाे बताउछन् ।

सत्ताधारी नेकपाा झलनाथ खनाल बलियाे प्रतिपक्षी नेताका रूपमा नेतृत्वदायी भूमिकामा छन् भने देखिनेगरी घनश्याम भुषाल, याेगेश भट्टरार्इलगायत नेताहरू खुला रूपमा देखिदैछन् ।

भित्र र बाहिरबाट चर्काे विराेधका अावाजहरू उठ्न थालेपछि ओलीको अधोयात्राका संकेतहरु पनि देखिन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दागर्दै पनि सत्तारुढ दल नेकपाकै सांसदहरुले बजेटको चर्को आलोचना गर्न पुगे ।

नेकपाको पछिल्लो स्थायी कमिटीको बैठकमा पनि धेरै नेताहरुले सरकारको कामकारबाहीबारे खुलेर प्रश्न उठाए । यद्यपि पार्टीका अर्का अध्यक्ष प्रचण्डले यसबारे समीक्षाका लागि छुट्टै बैठक बोलाउन बताएपछि केही रोकिएको छ ।

माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा, डा. गोविन्द केसीको आमरण अनसन र विवादास्पद चिकित्सा शिक्षा विधेयकलाई लिएर पार्टीभित्र मात्र होइन, बाहिर पनि सरकारविरोधी जनमत बन्न थालेको छ ।

‘अब केपी ओली बेलगाम यात्राबाट फर्कनु अनिवार्य छ’ सत्ताधारी नेकपाका एक नेता भन्छन्, ‘तर, हाम्रो चिन्ता त्यो दिन पार्टी रहन्छ कि रहँदैन भन्ने हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार