अनसनरत चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले सरकारसँग माग गरेका छन् ।

अनसन बसिरहेका डा. केसीको स्वास्थ्य स्थिति खस्केको जनाउँदै उनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

वर्तमान स्वास्थ्य क्षेत्रका विद्यमान विकृति र विसंगतिविरुद्ध डा. केसी बारम्बार अनशन बस्दै आइरहँदा पनि विगतमा गरिएका सम्झौताविपरीत सरकारले निर्णय लिएको भन्दै त्यस रोकेर तत्काल डा. केसीले उठाएका माग पूरा गर्न सोमबार एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् ।

ओली सरकारले विगतमा आफूसँग भएको सम्झौताविपरीत चिकित्सा विधेयक ल्याएको भन्दै त्यसको खारेजीको माग गर्दै नौ दिनदेखि डा. केसी जुम्लामा अनसनरत छन् । अनसनरत केसीको स्वास्थ्य निकै रहेको जुम्ला शिक्षण अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतले भन्यो, अहिले डा. केसी बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, हिजोभन्दा आज उहाँको स्वास्थ्यावस्था गम्भीर बन्दै गएको छ । तैपनि सरकार गम्भीर बनेको छैन’ स्रोतले भन्यो । सरकारको तहबाट केसीसँग खालको वार्ता वा अन्य कुनै किसिमको सम्पर्क नगरेको बताइएको छ ।

महासचिव किरणद्वारा जारी वक्तव्यमा ‘डा. केसीद्वारा स्वास्थ्य सुधार र सेवाको क्षेत्रमा उठाइएका जायज मागहरुको समुचित रुपमा अविलम्ब सम्बोधन गर्न र उहाँको जीवन रक्षाको निम्ति गम्भीर ध्यान दिन हामी सरकारसित जोडदार माग गर्दछौं’ भनिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार