
अविरल वर्षाले काठमाडाैं उपत्यकामा पर्ने भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएका छन् ।
भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको हो ।
लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक सडक आज बिहान साँढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ ।
काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । काभ्रेस्थित अनलाइनखबरकर्मी रामसुन्दर आचार्यका अनुसार पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन ।
तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय जागराम रहे ।
बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।
बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।
भिडियाे –
https://www.facebook.com/onlinekhabarnews/videos/1863739817017864/







