पूर्व माअाेवादी केन्द्रले अाफ्नाे लक्ष्य भुलेर एमालेमा विलय भएकाे भन्दै साे पार्टीका स्थानीय नेता कार्यकर्ताहरू विप्लव नेकपामा प्रवेश गरेका छन् ।

कैलालीमा पूर्व माअाेवादी केन्द्रका नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी कैलालीमा प्रवेश गरेका हुन् । जनयुद्धकाे लक्ष्य भुलेर प्रचण्डले घात गरेकाे भन्दै उनीहरू नेकपामा प्रवेश गरेका हुन् ।

पूर्व माअाेवादी केन्द्रका कैलालीस्थित गाउँ कमिटीका नेताहरू नेकपामा प्रवेश गरेका छन् । उनीहरूलार्इ कैलालीको बर्दगोरियामा पार्टीका केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सिना र नेकपा कैलाली जिल्ला सेक्रेटरी गणेश ढकालकाे उपस्थितिमा प्रवेश गराइएकाे हाे ।

पूर्व माओवादी केन्द्रका गाउँ कमिटी नेताहरु हरिराम चौधरी, भल्भन्सा मंगल चौधरी लगायत २९ जना विभिन्न पार्टी बाट प्रबेश गरेका छ्न। उनीहरु सबैलार्इ नेकपाका केन्द्रीय सदस्य अारपी तिमिल्सिनाले राताे टिका लगाएर स्वागत गरेका थिए ।

नेकपा प्रवेशपछि पूर्व माअाेवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरूले नेपाली जनताकाे मुक्ति नभइसकेकाे र अब त्याे मुक्ति विप्लव नेतृत्वकाे नेकपा र त्यसले लिएकाे एकीकृत जनक्रान्तिबाट हुने बताएका थिए ।

नवप्रवेशीहरूलार्इ संवाेधन गर्दै नेकपा केन्द्रिय सदस्य अारपी तिमिल्सिना ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार