तत्कालीन माअाेवादी केन्द्रकाे केन्द्रीय कार्यालय बिक्री प्रकरणमा सत्ताधारी नेकपाका केन्द्रीय सदस्य एवं तीन प्रदेशका मन्त्री शालिकराम जमरकट्टेलकाे पद धरापमा पर्ने भएकाे छ ।

जमरकट्टेलले कराेडभन्दा धेरै रकम भ्रष्टचार गरेकाे भन्दै उनीमाथि अाफ्नै पार्टीका नेताहरू नारायणकाजी श्रेष्ठ  र वर्षमान पुनले कार्वाहीका प्रस्ताव लिएपछि जमरकट्टेलकाे पद धरापमा पर्ने भएकाे छ ।

जमरकट्टेलसहित अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीकाे एउटा टाेलीले पेरिसडाँडाकाे २१ अाना जग्गा बेच्न लागेकाे भन्दै त्यसकाे विराेध गर्न उर्जामन्त्री वर्षमान पुनकाेमा पुगेकाे थियाे । याे प्रकरणमा नारायणकाजी र पुनकाे मत एउटै भएपछि जमरकट्टेलकाे पद धरापमा परेकाे हाे ।

वर्तमान मजदुर महासंघका उपाध्यक्ष जयबहादुर कार्कीकाे नेतृत्वमा महासंघमा भएकाे अार्थिक अनियमितताबारेकाे छानबिन समितिले महासंघका पूर्व अध्यक्ष शालिकराम जमरकट्टेल, वर्तमान अध्यक्ष गणेश रेग्मीसहितलार्इ दाेषी करार गरेर प्रतिवेदन तयार पारेकाे र त्यसलार्इ दृढतापूर्वक कायार्न्वयन गर्नुपर्ने अाफ्नाे मत रहेकाे प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

कम्युनिस्ट पार्टीमा अाफुले लगातार लड्दै अाएकाे स्मरण गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट स्राेतले भन्याे, ‘पाेष्टबहादुर बाेगटी र अमिक शेरचनकाे नेतृत्वमा पार्टीभित्रकाे अार्थिक अनिमियतताका बारेमा छानबिन गर्न बनाएकाे समितिकाे प्रतिबेदन मात्र पहिले लागू गरकाे भए तलतलसम्म यसरी राजनीतिकाे कभरमा भ्रष्टचारले जरा गाड्ने थिएन । त्याे प्रतिवेदन लागू हुन नदिनेमा वर्षमानजीहरू पनि थिए, बल्ल घैटाेमा घाम लागेछ, जय कार्कीकाे प्रतिवेदन अब कायार्न्वयन हुनैपर्छ ।’

युवा स्वराेजगारका नाममा दुर्इ सय मजदुरकाे नागरिकता जम्मा गरेर शालिकराम, गणेश रेग्मी, धनबहादुर बिक, उषा देवकाेटा, जगत सिंखडासहितकाे नेतृत्वले चार कराेड रकम अनिमियतता गरेकाे स्राेतकाे दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार