
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन(नेटो) कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताएका छन् ।
रूसी राष्ट्रपतिसँग फिनल्याण्डमा भेट हुनुअघि ट्रम्पले अमेरिकासमेत संलग्न रहेकाे नेटाेकाे उनले खुलेर यस्ताे अालाेचना गरेका हुन् । उनले भने– यो नेटो संगठन कहिल्यै बलियो पनि हुदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन ।
ट्रम्पले सोमबार एक कार्यक्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा ट्रम्पले यस्ताे भनार्इ राखेका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेल्सिन्की पुगेका हुन् । सोही क्रममा उनले यस्ताे प्रतिक्रिया दिएका हुन् ।
ट्रम्प र फिनल्याण्ड राष्ट्रपतिबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापहरुमा निकै चासो दिएका छन् ।
राष्ट्रपति ट्रम्पले हालैमात्र गरेको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उनी त्यहाँ पुगेपछि सारा विश्वले निकै महत्व दिएर हेरेकाे छ ।
यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरुलार्इ हल गर्न ट्रम्प र पुटिनले एेतिहासिक निर्णय गर्ने पनि अपेक्षा गरिएकाे छ ।
(रासस÷एएफपी)







