विपक्षीहरुले एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, पार्टी नेता कार्यकर्ताले त्यसकाे प्रतिरक्षा नगरेकाे भन्दै केपी अाेली अाफ्नै नेता कार्यकर्तामाथि अाक्राेशित भएका छन् ।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा कार्यकर्तासँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरु सरकारविरुद्ध एकजुट भएर लागेकोमा कसैले पनि त्यसकाे प्रतिरक्षा नगरेकाेमा अाक्राेश पाेखे  ।

आफ्नो नेतृत्वको सरकारले सबैभन्दा जनपक्षीय र प्रगतिशील नीतिहरु बनाएको तर, त्यसको चर्चा र प्रतिरक्षा पार्टी पंक्त्तिबाटै नभएको भन्दै उनले थप आक्रोस पोखे ।

प्रधानमन्त्री ओलीले सरकार कसैको दबाबमा परेर निर्णय नगर्ने पनि जिकिर गरे । ‘संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्छ’ उनले भने ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन ।’

दुई चार महिनामै समृद्धि हासिल गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले अब छिट्टै समृद्धि र विकासकाे ढाेका खाेलिने जिकिर गरे । ‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ’ उनले भने ।

पछिल्लाे समयमा पार्टीभित्रैबाट अाेलीकाे कार्यशैलीकाे चर्काे अालाेचना भएपछि अाेलीले त्यसकाे प्रतिरक्षा गर्न पत्रकार सम्मेलन अायाेजना गरेकाे बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार