
विप्लव नेतृत्वकाे नेकपा निकट जिल्ला जनपरिषद् डोटीले बागवाणी विकास अधिकृतलाई बुधबार कालोमोसो दलेको छ ।
बुधबार बिहान जनपरिषद्का कार्यकर्ताहरुले कायार्लयमै पुगेर पाण्डेलाई कालोमोसो दलेका छन् । डोटीको शिखर नगरपालिकास्थित कृषि इकाई कार्यालयमा कार्यरत कृष्णदत्त पाण्डेले बिउ, मल र कृषि सामाग्री भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेका हुन् ।
जनपरिषद्ले छोडेको पर्चामा मिक्स बिउ तरकारी ७५ हजारमा खरिद गरेको तर तीन लाखको भरपाई बनाइएको, भटमास र युरिया १ लाख बराबरको ल्याएको तर कृषकहरुलाई बितरण नगरेको अाराेप लगाएर कार्वाही गरेकाे जनपरिषदद्धारा जारी सूचनापत्रमा उल्लेख छ ।
त्यसैगरी किसानलाई अनुदानमा दिनुपर्ने बिउ बिजन पनि आधा बितरण गरेको, एक करोड २० लाख रकममा ३५ लाख मात्रै काम गरेको र अरु हिनामिना गरेकोलगायत अाराेपहरूमा अधिकृतलार्इ कार्वाही गरिएकाे बताइएको छ ।
विप्लव नेकपाले भ्रष्ट अधिकारीहरूलार्इ कार्वाही गर्न थालेपछि भ्रष्टहरू अातंकित बनेकाे बताइएकाे छ ।








