
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको जिल्ला जनपरिषद् नेपाल गुल्मीले छत्रकोट गाउँपालिका वडा नं. ४ साविकको दिगाम गाविसका अध्यक्ष डिलाराम न्यौपानेलाई तत्काल राजिनामा दिन चेतावनी दिएको छ ।
जनपरिषद् प्रमुख प्रशान्त बरालले एक विज्ञप्ती जारी गर्दै अध्यक्ष न्यौपानेले किर्ते कागजपत्र बनाई ९ लाख बराबरको भ्रष्टाचार गरेको प्रमाण सहित जनपरिषद्मा निवेदन आएको भन्दै तत्काल राजिनामा दिन चेतावनी दिएको हो ।
त्यौपानेले राजिनामा नदिए कारवाही गर्ने जनपरिषद्ले बताएको छ ।अध्यक्ष न्यौपानेले स्थानीय विकासको नाममा जनतालाई दिग्भ्रमित पार्ने र दिनप्रतिदिन ठग्ने गरेको उजुरी आएको बताएको छ ।
जनताबाट निर्वाचित भएर गएका निर्वाचित जनप्रतिनिधीहरूले नै खुलेअाम भ्रष्टचार गर्न थालेपछि विप्लव नेकपाकाे जनअदालतमा कयाैं मुद्धाहरू अाउन थालेका छन् ।
विप्लव नेकपाले देशैभरि यस्ता राजिनामा पत्रहरू पठाएपछि जनतालार्इ ठग्ने जनप्रतिनिधिहरू अातंकित बनेकाे बताइएकाे छ ।
विज्ञेप्ती –








