डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । प्रहरीले चलाएकाे गाेलीले प्रहरी नै घाइते भएका छन् ।

अनसनस्थलमै प्रहरी र केसी समर्थकबीच झडप हुँदा १ प्रहरीसहित दुई दर्जन घाइते भएका छन्।

डा. केसीको अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ पठाउन गएका प्रहरीको टोली तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा प्रहरीले गोली चलाएको हो ।

गोली लागेका प्रहरीको अहिले चिकित्सकहरुले प्रतिष्ठानकै बेडमा राखेर उपचारर गरिरहेका छन् ।

डाक्टर केसीलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर बिहानै जुम्ला पुगिसकेको छ । केसीको जीवनरक्षाका लागि सरकारले उनलाई काठमाडौँ ल्याउने तयारी गरेपछि झडप भएको हो ।

झडपका क्रममा १० जना भन्दा बढी घाइते भएका छन् । प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । अर्कातिर सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार