तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

जुवाको खालबाट एक लाख १५ हजार ६ सय ९५ रुपैयाँ नगद बरामद भएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।विशेष स्रोतको अनुसार जुवाको खालबाट तानसेन नगरपालिका ११ का वडा सदस्य चुरा बहादुर गोदार,  तानसेन ४ का कृष्ण थापा रहेका छन् ।

साथै सोही स्थानका गणेश कुवाँर, तानसेन ३ का सुशील कुवँर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसी रहेका छन् ।

जुवाडेहरुलाई अहिले प्रहरी नियन्त्रणमा लिएर अनुशनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

हाल जुवाडेलाई नियन्त्रणमा लिएको स्थान जिल्ला प्रहरी कार्यालय पाल्पाको १०० मिटरको दुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार