प्रचण्डले कतिसम्म कुरा बदल्छन् भन्ने कुरा गाेविन्द केसीकाे बारेमा एक दिनकाे बीचकाे प्रचण्डका अलग अलग भनार्इ सार्वजनिक भएकाे छ ।

डा.केसीकाे मागबारे अाेली अनुदार भइरहेकाे बेला प्रचण्डले अाफु सकारात्मक भएकाे अाशयसहितकाे भनार्इ विहीबार दिएका उनले शुक्रबार अाफ्नै सचिवालयबाट फेरि अर्काे भनार्इ सार्वजनिक गरेका छन् ।

अाफ्नै  पार्टीमा पहिलाे अध्यक्ष एवं प्रधानमन्त्री अाेलीसँग विवादित भएपछि प्रचण्डले शुक्रबार भिन्न भनार्इ सार्वजनिक गरेका छन् ।

डा. केसीको मागप्रति प्रचण्डको नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनकाे निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा केसीको माग जायज ः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन्,” विज्ञप्तिमा भनिएको छ, “डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।”

अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार