अहिलेका मेडिकल कलेजका

मालिकहरू पनि माफिया हुन् तर

ती प्राय कांग्रेसी माफिया हुन् !

सरकारले नयाँ मेडिकल कलेज

खोल्ने अनुमति “कम्युनिष्ट”

माफियालाई दिएर बराबरी हुन

खोजेको हो !

सरकारको कदमको विरोधमा

कांग्रेस किन छ भने –

मेडिकल कलेजमाथिको आफ्नो

एकलौटी सिण्डिकेट तोडिन्छ र

त्यहाँ आफूलाई कम्युनिष्ट भन्ने

माफियाहरू आउँछन् ।

सरकार किन थप खोल्न खोज्दै

छ भने- ऊ कांग्रेसी सिण्डिकेट

तोडेर आफ्नो पनि बर्चस्व स्थापित

गर्न चाहन्छ ।

जनताको कुरो-

तुलनात्मक हिसावले कुनै पनि

क्षेत्रमा एकाधिकार हुनु भन्दा

एकाधिकार तोडिनु केही हदसम्म

राम्रो नै हुन्छ । यातायातमा चै

सिण्डिकेट तोड्ने कुरा गर्दा

बादललाई भगमान मान्ने तर

स्वास्थ्यमा तोड्न खोज्दा विरोध

गर्ने कुरा मनासिव छैन ।

डा केसी सारमा स्वास्थ्य क्षेत्रमा

पुराना माफियाहरूको

हालिमुहाली चलिरहोस् भन्ने

लाईनका मान्छे हुन् ।

स्वास्थ्यमा एकाधिकार तोडियो

भने-

मूलत मध्ययम तथा उच्चवर्गलाई

आफ्ना छोराछोरी रोजी छाडी

पढाउँन सजिलो हुन्छ ।

प्रतिस्पर्धा बढ्यो भने एमविविएस

शुल्कमा हुने मनोमानी रोकिन्छ ।

विदेशमा डक्टर पढ्न जाँदा खर्च

हुने अरवौ पैसा देशमै बस्छ ।

तर

सरकारी स्कुलमा एसइइ समेत

नदिई पढाई छोड्न बाध्य गरिब

जनताका छोराछोरीहरूका लागि

यो जीवनसँग जोडिएको एजेण्डा

होइन ।अरबका खाडीमा पसिना

बगाएर जहान केटाकेटी पाल्ने

पचासौं लाख मजदूरहरूको मूख्य

सरोकारको विषय यो होइन ।

त्यसो त डाक्टर केसी र सरकार

दुवै आधारभूत जनताको बर्गका

होइनन् ।

यी दुवै पुराना साहुजीहरू र नयाँ

साहुजीहरूका दुई घरानाहरूका

प्रतिनिधी हुन् ।

अरु नागरिक सरह गरिबका

छोराछोरीले पनि अवसर पाउँने

व्यवस्था ल्याउँन एउटा लामो

लडाई अझै लड्न बाँकी छ ।

एति वेला जीवन शर्माको गीतको

याद आउँछ-

“संसारमै श्रमिकको छैन राज

भन्छ

तर पनि यो देशमा ल्याउँन

हामीलाई मन छ

झरनाको चिसो पानी !”

 कवि बलराम तिमिल्सिना विप्लवकाे सामाजिक संजाल फेसबुकबाट।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार