
डा. गोविन्द केसीका माग सम्बोधनका लागि दबाब दिन भन्दै काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन सुरु भएको छ। अनसन साँझ ५ बजेसम्म रहने बताइएको छ ।
सत्याग्रहमा चिनिएका अनुहारभन्दा पनि सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । उनीहरूले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेका थिए ।
‘सोलिडारिटी फर डा. केसी’ अभियानले सो कार्यक्रमको आयोजना गरेको हो । अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहको छ।
केसीको जीवन रक्षा तथा मागको सम्बोधनका लागि दबाब दिन शनिबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन भएको थियो ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै केसी २३ दिनदेखि अनसनमा छन् । गत असार १६ गते जुम्लामा अनसन बसेका केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएको थियो

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह








