डा. गाेविन्द केसीकाे पक्षमा कांग्रेसलगायत समर्थकहरूले अाक्रमक अान्दाेलन थालेपछि सत्ताधारी नेकपाले त्यसकाे प्रतिवाद गर्ने भएकाे छ ।

सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथी चौतर्फी आक्रमण र विरोध हुन थालेपछि सरकारको प्रतिरक्षाका लागि नेकपाले प्रतिकार अभियान चलाउने भएको छ ।
केही दिन अगाडि प्रधानमन्त्री ओलीले पार्टी केन्द्र्रीय कार्यालयमै आफ्नै पार्टीले गरेको राम्रा कामको प्रचार नभएको र सरकारमाथि आक्रमण हुदा समेत काेही नबाेलेकोमा अष्तुष्टि जनाएका थिए ।
यसरी पार्टीमा नेता कार्यकर्ताहरू अाफ्नाे सत्ताकाे पक्षमा नबाेलेपछि अहिले नेकपाका महासचिव विष्णु पौडेलले विपक्षीकाे प्रतिवाद गर्ने अभियानकाे नेतृत्व भएका छन् ।
पहिलो चरणमा पार्टी निकट डाक्टरहरुको नेतृत्वसँग भेटेर त्यसको प्रतिवाद कसरी गर्ने र गोविन्द केसीको मुद्दालाई कसरी कमजोर पार्ने रणनीतिमा छलफल हुँदैछ । डाक्टरहरु सम्भव भएसम्म अाइतबार प्रधानमन्त्रीसँग या प्रधानमन्त्रीको समय नमिले नेकपा महासचिव पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित बसेर योजना बनाउने तयारी भएकाे बताइएकाे छ ।
डाक्टरहरुसंको भेटपछि नेकपाको मुख्यालयमा पार्टी निकटका पत्रकारहरुसँग गोप्य छलफल गरी मिडियामा कसरी प्रस्तुत हुने र आफु निकटकालाई कसरी प्रयोग गर्ने भन्ने योजना नेताहरुले नयाँ याेजना बनाएकाे नेकपा स्राेतले जनाएको छ ।







