इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती गरेको ठर्हने उनको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाका अनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासाग वार्ता गर्न चाहेका छैनन् ।

‘अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,’  खामेनीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

अमेरिका र इरानबीच लामाे समयदेखि दुश्मनी रहेकाे छ । अमेरिकाले मुस्लिम समुदायका बीचमा फाटाे पारेर अाफ्नाे स्वार्थ पूरा गर्न खाेजेकाे भन्दै इरानले अमेरिकी हस्तक्षेपकाे कडा रूपमा विराेध गर्दै अाएकाे छ ।

एएफपी/रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार