पछ्यौरी लेउ बैना
आजै टुंगो लगाइदेउ
माया छ कि छैन

कुनै बेला बजार तताएको गीत हो यो ।माया लगाउन हतार गर्ने जोडीको लागि यो गीतले सम्बोधन गरेको छ मनै हल्लाउने गरि।
पछिल्लो समय माओवादको किरिया बसेका प्रचण्डको लागि यो गीतले गम्भीर अर्थ राख्ला कि नराख्ला ? बहस गर्ने जिम्मा लेखनाथ न्यौपाने र राम कार्कीलार्इ छोडिदिउ । जो खुल्ला गरामा दिसा बसेर खुल्ला दिशामुक्त समाजको परिकल्पना गरिरहेका छन् ।
देशमा अहिले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने माहोल छ । कुटमिरा र चिलाउनेको रुखमुनी दिशा बसिरहेको समाजमा खुल्ला दिसा मुक्त भनेर गरिने घोषणाले आम मान्छेलाई फाइदा नै गर्छ किनकि हाँस्नका लागी कपिल शर्मा सो हेर्नुपर्छ भन्ने छैन । खुल्ला दिशा मुक्त समाज हेरे पुग्छ ।

लेखक
खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भैरहेको बेला केपी र पिकेको मिलनले माओवादीलाई बचेखुचेको कम्युनिस्टपनबाट मुक्त गरेको छ । एकचोटि पिकेले ओलीसग रातो पछयौरीको बदला कालो पछ्यौरा बैना मागेका मागेको छ्न ।यो बैनाले कालो दिनको सङ्केत गरेको छ कालो मौसमको सङ्केत गरेको छ । यो युगको सबैभन्दा खतरानाक बैना यहि हो ।
यो बैनासहित ओलीले पिकेसँग माओवाद खरिद गरेका छन् । लाखौं युवाको उद्दात आदर्श खरिद गरेका छन् । त्याग र बलिदानलाई त कौडीको भाउमा नै होलसेल हानेका छन् ।जनबादलाई निशुल्क खरिद गरिएको छ । धनवादतिर यसलाई फ्युजन गराइदैछ ।
यस्तो बेला अचानक कालो पछ्यौरा बैना गर्नलार्इ आइतबार लाग्ने डाडाँको मेला कुरिरहनुपर्दैन । यसैले माओवादी आन्दोलन बिलय यति रोचक भएको छ कि क्रान्ति पाकेको स्याँउ हो जो फुत्त झरेको छ ।
एकता भन्दै उफ्रने माओवादीहरु यो गीत गाउने बाताबरण नबनाेस् ।
ओराली लागेको हरिणको चाल भो
बाचुन्जेलसम्म पनि मरेकै हाल भो
छल गर्यो मायाले .







