नेकपा मसालका महामन्त्री माेहन विक्रम सिंहले सत्ताधारी नेकपाका नेताहरू केपी अाेली र प्रचण्ड  पुष्पलाल श्रेष्ठकाे बाटाेमा नरहेकाे बताएका छन् ।

अाेली र प्रचण्डले मार्क्सवाद र लेनिनवाद समेत परित्याग गरेकाे भन्दै सिंहले उनीहरू कम्युनिस्ट नै नरहेकाे बताए । अनलाइनखबरसँगकाे कुराकानीमा मसालका महामन्त्री सिंहले यस्ताे बताएका हुन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा सिंहसँग भएकाे कुराकानीकाे साने अंश –

पुष्पलाल र अहिलेका नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली तथा प्रचण्डबीच के के समानता वा असमानता पाउनुभएको छ ?

दुबैले पुष्पलाललाई मान्नुहुन्छ । तर, पुष्पलालको सिद्धान्तसँग ओली र दाहालको सिद्धान्त मिल्दैन । पुष्पलालले जिन्दगीभरि नयाँ जनवादी क्रान्तिका लागि लड्नुभयो तर उहाँहरु दुबै जनाले नयाँ जनवादी क्रान्ति मान्नुहुन्न ।

एकीकरण हुनुअघिको एमालेले बहुदलीय जनवाद र माओवादीले एक्काइसौ शताब्दीको जनवाद ल्यायो । तर पुष्पलाल बाँचेको भए यसलाई मान्नु हुँदैनथ्यो । सत्तामा भएको नेकपाले माक्र्सवाद र लेनिनवाद मान्दैन । नेताहरुको व्यक्तिगत गुण र दोषको विषयमा म चर्चा गर्न चाहन्न ।

नेकपाको नेतृत्वमा दुई तिहाई सहितको सरकार गठन भएको पाँच महिना भयो । अहिलेसम्मका काम हेर्दा कम्युनिष्ट सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ ?

सरकार आफ्नै घोषणाबाट पछि हट्यो । समाजवाद उन्मुख राज्य निर्माण गर्ने भन्ने कुरा संविधानमै उल्लेख छ । यो व्यवस्था सबै दलहरू सहमत भएरै राखेका थिए । देशमा अहिले नै समाजवाद आउँछ भन्ने हामीलाई लाग्दैन । त्यसका लागि आधारभूमि तय भइसकेको छैन । समाजवाद र समाजवाद उन्मुख भन्नु फरक कुरा हुन । किनभने समाजवादमा व्यक्तिगत सम्पत्ति हुँदैन, उद्योग र कृषिलाई राष्ट्रियकरण गरिन्छ ।

संविधानमै समाजवाद उन्मुख भनिएको छ । समाजवादमा जान्छु भनिसकेपछि कम्तिमा समाजवाद उन्मुखतर्फको यात्रा गर्न सक्नुपर्दछ । समाजवाद उन्मुख हुन अहिले नै सम्भव पनि छ । सरकारको नीति तथा कार्यक्रम, बजेट आदिमा नीति आएन । भूमिसुधारको कुरा गर्नुहुन्छ भने राजा महेन्द्रको पालामा जति भयो त्यस यता केही सुधार हुनसकेको छैन । सरकारले सबैभन्दा ठूलो गल्ती के गर्‍यो भने समाजवाद उन्मुख दिशाबाट पछि हट्न खोज्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार