तत्कालीन नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) मा विलय भएको भन्दै उक्त पार्टीका एक नेता विप्लव नेतृत्वकाे नेकपामा प्रवेश गर्ने लहर नै चलेकाे छ  ।

यसै क्रममा पर्वतमा तत्कालीन माओवादी केन्द्रका नाङ्लीबाङ गाउँ समितिका अध्यक्ष खगेन्द्र अर्याल ‘धुर्ब’ नेपाल कम्युनिस्ट पार्टी पर्वतमा प्रवेश गरेका हुन् ।

अध्यक्ष ध्रुवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनयुद्धको लक्ष्य भुलेर प्रचण्डले घात गर्दै संसद्वादमा पतन भएको भन्दै नेकपामा प्रवेश गरेको बताएका छन् ।

देशैभरि पूर्व माअाेवादी केन्द्रका धेरै नेता कार्यकर्ताहरू विप्लव नेकपामा प्रवेशपछि धेरैले क्रान्तिकारी विकल्पकाे रूपमा हेर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार