
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले धनुषास्थित नेपाल–भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको प्रहरी चेकपोस्ट निर्माण कार्यप्रति आफ्नो पार्टीको गम्भीर अापत्ति रहेकाे बतााएकाे छ ।
साे पार्टीका महासचिव माेहन वैद्य किरणद्धारा जारी विज्ञप्तिमा भारतीय पक्षबाट भैरहेको उक्त कार्य तुरन्त बन्द गर्न चेतावनी दिइएकाे छ ।विज्ञप्तिमा त्यसबारे नेपाली सुरक्षाकर्मीहरुद्वारा रिपोर्ट गर्दा पनि सरकारले ध्यान नदिएको कुरा प्रकाशमा आएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।
‘धनुषा जिल्लाको जटही नाकासित जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षबाट प्रहरी चेकपोस्ट निर्माण भइरहेको र त्यसबारे नेपाली सुरक्षाकर्मीहरुद्वारा रिपोर्ट गर्दा पनि सरकारले ध्यान नदिएको कुरा प्रकाशमा आएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ महासचिव वैद्यद्धारा जारी विज्ञेप्तीमा भनिएकाे छ, ‘अतः हाम्रो पार्टी भारतीय पक्षबाट हुँदै आएका सीमा अतिक्रमणका साथै धनुषा जिल्लाको जटही नाका क्षेत्रमा भारतीय पक्षबाट बनाउन थालिएको चेकपोस्ट निर्माणको काम बन्द गरी नेपाली भूभागको सुरक्षा गर्नका लागि अबिलम्ब पहल गर्न तथा देशको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन र दशगजा क्षेत्रमा बनाइएका बाँधहरु भत्काई नेपाली जनताको जनधनको रक्षा गर्नसमेत् सरकारसित जोडदार माग गर्दछ ।’
दशगजा क्षेत्रभित्र भारतले एकलौटी रुपमा बाँधेका बाँधहरुमा पानी जम्मा भई त्यस वरपरका ७०० बिघा जमीनमा रोपिएको धानबाली कुहिएर नस्ट भएको भन्दै साे पार्टीले गंभीर अापक्ति जनाएकाे छ ।







