
शक्तिशाली दुर्इ तिहार्इ सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्न निर्देशन दिएका छन् ।
नेपाल मगर संघ २. न. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको ‘मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभा’लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्ताे बताएका हुन् ।
वर्षौदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्नेमा बादलले जाेड दिएका हुन् ।
राजनीतिक क्रान्ति सकियाे अब समृद्धि र विकासकाे क्रान्ति अावश्यक छ भनेर भाषण छाट्तै मन्त्री बनेका रामबहादुर थापा बादलले मगर संघकाे कार्यक्रममा बाेलेकाेअभिव्यक्ति विवादित रहेकाे विश्लेषकहरूकाे भनार्इ छ ।
एकातिर मगर संघकाे कार्यक्रममा अान्दाेलन गर भनेर भाषण दिने तर अर्काेतिर शान्तिपूर्ण अान्दाेलन गरिरहेका विप्लव नेतृत्वकाे नेकपाका नेता कार्यकर्ताहरूलार्इ धमाधम गिरफ्तार गरेर बादलले विराेधाभास क्रियाकलाप गरेकाे भनी चाैतर्फी अालाेचना भएकाे छ ।







