डा. गाेविन्द केसी प्रकरणमा विवादित अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङलार्इ सत्ताधारी नेकपाले राजिनामा दिन बाध्य बनाएकाे छ ।

तामाङलार्इ हतियार बनाएर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निकै ठूलाे राजनीति गर्याे । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानूनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेर  प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।

मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।

विश्लेषकहरूले मन्त्री तामाङले दिएकाे अभिव्यक्ति पार्टी अध्यक्ष केपी अाेलीकाे अभिव्यक्तिमा केन्द्रीत रहेर दिएकाे तर उनलार्इ कार्वाही गरेर सत्ताधारी नेकपाले ठूलाे अन्याय गरेकाे बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार