राजनीतिक विश्लेषक भरत दाहालले निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङकाे बचाउ गरेका छन् ।

डा.केसी प्रकरणमा तामाङले बाेलेकाे अभिव्यक्तिलार्इ लिएर उनलार्इ राजिनामा गर्न लगाउने काम गरेर तामाङकै पार्टी र नेताहरूले गरेकाे हेलचेक्रयार्इकाे दाहालले बचाउ गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विश्लेषक दाहालले तामाङभन्दा थुप्रै अपराधीहरूलार्इ राज्यका विभिन्न अंगमा ठाउँ दिने तर तामाङले भुलबस गरेकाे गल्तीलार्इ लिएर सत्ताधारी नेकपाले राजिनामा गर्न लगाउने काम ठूलाे अपराध भएकाे दाहालकाे जिकिर छ ।

दाहालले फेसबुकमा लेखेकाे टिप्पणीमुलक स्टाटस यस्ताे छ –

उ तिमीहरू जस्ताे नियाेजित अपराधि हाेइन

शेरबहादुरलार्इ राजनीतिक दाउपेचकाे शिकार बनाउने अाततायीहरू हाे, तिमीहरूले महिला बेच्नेहरूलार्इ राजदूत बनाएकाे हाे कि हाेइन ? तिम्रा दलका नेताहरू मानव तस्करीमा संलग्न छन् कि छैनन् ? तिमीहरूले नेपालका अनाथ बालबच्चा बेच्नेहरूलार्इ प्रदेशका हाकिम बनाएका छाै कि छैनाै ? अर्काकी श्रीमतिसंग हाेटेलमा ताण्डव नाँच देखाएर नांगै पर्खालबाट भाग्ने व्यक्ति तिमीहरूका मन्त्रि भएका हुन् कि हाेइनन् ?

विदेशीकाे हण्डी खाएर पशुकाे जिन्दगि गुजार्ने तिमी पत्रकार, नेता, महिला अधिकारकर्मी, दलका झाेलेहरू भन्दा शेरबहादुर तामाङ श्रेष्ठ छ। शेरबहादुर तामाङकाे बाेली अाफ्ना चेलीहरूप्रति सहानुभूति राख्नुकाे साेझाेपनबाट चिप्लिएकाे गल्ती हाे तर उ तिमीहरू जस्ताे नियाेजित अपराधी हाेइन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार