सुशासन र पारदर्शीताकाे कुरा गर्ने अाेली सरकारले चीन भ्रमणमा डेढ कराेडभन्दा बढी र अाफ्नाे भातृ संगठनलार्इ २५ लाख खर्च गरेकाे खुलासा भएकाे छ ।

चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा एक करोड ५१ लाख १५ हजार ४ सय ५७ रुपौया पनि अर्थ मन्त्रालयले निकासा गरेको थियाे ।
प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म्म ६ दिने चीन भ्रमण गरेका थिए ।चीन भ्रमणमा अाेलीले देशकाे ध्वजाबाहक जहाज नेपाल एयरलाइन्स प्रयाेग नगरेर हिमालय एयरलाइन्सकाे जहाज प्रयाेग गरेका थिए ।
जहाँ नेपाल सरकारका मन्त्रीसहित मन्त्रालयमा काम गर्ने कर्मचारीबाहेक नीजि क्षेत्रका ठूला मालिकहरूले समेत चीन भ्रमणमा सयर गरेका थिए ।
यसैगरी अाेली सरकारले सत्तारुढ दलको भातृ संगठन युवा संघ नेपालको आयोजनामा भएको एक कार्यक्रमका लागि २५ लाख खर्चेको थियाे । उक्त रकम अर्थमन्त्रालयबाट असार महिनामै निकासा भैसकेको थियाे ।
युवा संघ नेपालको आयोजनामा काठमाडौमा भएको विश्व प्रजातान्त्रिक युवा संघ (WFDY) को काउन्सिल जनरल मिटिङका लागि आर्थिक सहायतास्वरुप उक्त रकम निकासा गरिएको हो । काउन्सिलको मिटिङ गत मे २२ देखि २४ सम्म भएको थियो ।
अाेलीले सुशासन र समृद्धिकाे नारा जति घन्काएपनि व्यवहारमा उनकाे घाेर पाखण्डीपनले उनलार्इ नै उनकै व्यवहारले जिस्काउने गरेकाे विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् ।







