
एकै दिनमा दुर्इ जिल्लामा भएकाे स-सानाे अान्दाेलनमा पनि प्रहरीलार्इ गाेली चलाउन छुट दिएर अाेली सरकारले निरकुंश शासनकाे झल्काे देखाएकाे छ।
प्रहरीकाे कुटपिटले स्थिति तनावपूर्ण हुँदा सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोली चलाउँदा चारजना स्थानीयहरु घाइते भएका छन् । अाज दिउँसोको समयमा सशस्त्र प्रहरी घुस्कीका केहि प्रहरी जवानले स्थानीय दुई जना बालक र गर्भवती महिलालाई कुटपिट गर्दा स्थिति तनावग्रस्त बनेपछि सशस्त्र प्रहरीले ८ राउण्ड गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो ।
अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक दर्जन प्रहरी र केही आन्दोलनकारी घाइते भए । सवारी साधनहरु तोडफोड गर्न थालेपछि प्रहरीले १० राउण्ड हवाई फायर गर्यो । प्रदर्शनकारीहरुले योजनावद्ध रुपमा अटोमा बोकेर ल्याएर ढुंगा र इट्टा प्रहरी माथि बर्साउन थालेपछि प्रहरीले मान्छे नै ताकेर गोली चलायो ।
प्रहरीको गोली लागी गैडाकोट नगरपालिका ५ वस्ने बर्ष ३८ का महेन्द्र सुनार घाइते भए । उनको घुँडा भन्दा तल गोली लागेको छ । मोटरसाइकल जलाउने उनै भएको प्रहरीको दावी छ ।
यसरी लाेकतन्त्रमा पनि अाफ्नाे हककाे लागि अान्दाेलन गर्न नदिने अाेली नेतृत्वकाे सरकार चरम सर्वासत्तावादी र निरकुंश शासनकाे ल्याएकाे अाम जनताले महशुस गर्न लागेका छन्।







