प्रकाश डुम्रे-बुटवल/

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिशेष कार्यक्रम भएको आशकामा अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको र नेताहरु घेराबन्दीमा परेको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको एउटा निराधार हल्ला मात्र भएको नेकपाका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो ईन्चार्ज वीरजंगले बताउनु भएको छ ।

बुधबार दिउँसो केही अनलाइन मिडियाहरुले ‘नेकपाका शिर्ष नेता जङ्गलमा घेराबन्दी’मा शिर्षकमा लेखिएका समाचारमा कुनै सत्यता नरहेको र अतिरन्जित र प्रायोजित समाचार सम्प्रेषण गरेर पत्रकारीताको मर्यादा भन्दा बाहिर नजान समेत वीरजंगले अनुरोध गरेका छन ।

नेकपाले अहिले देशभर जनजागरण अभियान चलाएको छ, अर्घाखाँची,प्युठान र कपिलवस्तु लगाएतका जिल्लामा पनि जनजागरण चल्दैछ, हामी जनभेटघाटमा लागेका छौ, यसलाई अनावश्यक प्रचार गरेर हाम्रो अान्दोलन गलत ढंगले ब्याख्या गरेर सताधारीहरुले दमनको बाटो रोज्न खोजेका छन यो प्रति सचेत रहन कार्यकर्ता तथा जनतालाई सचेत हुन नेकपाले अनुरोध समेत छ ।

केही अनलाइन मिडियामा अाएको समचार गलत र भ्रम मात्रै भएकोले त्यो भ्रममा नपर्न समेत नेकपाले अपिल गरेको छ । माकेका केही मान्छेहरू हाम्रो पार्टीको योजनाबद्द बदनाम र झुट प्रचार गर्न लागेको भन्दै यस प्रकारको हर्कत नगर्न समेत भनिएको छ ।

देशभरका जनताहरु क्रान्तिकारी अान्दोलनमा धुब्रिकरण भईरहेको बेला माके भित्रका केही तत्वहरुले त्यो बाट डराएर अातङक सिर्जना गर्न खोजेको भन्दै पार्टीको अभियान भब्य र व्यवस्थित ढगले जनताको सहभागिता चलिरहेको नेता वीरजंगले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार