चितवनमा भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त बनेको छ ।

बुधबार प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीमाथि प्रहरीले बल प्रयाेग गरेकाे थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना व्यावसायी गम्भीर घाइते समेत भएका छन् भने दुई प्रहरी जवान पनि घाइते भएका थिए । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड पनि गरेका थिए ।
प्रर्दशनका क्रममा दर्जनौँ घाइते भएको आशंका गरिएको छ । थप विवरण आउन भन्ने बाँकी छ । प्रहरीले दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियाे । अटो व्यावसायीका माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।
उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधबार भरतपुरको केन्द्रीय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
यसैविच यता मजदुरका नेताले धोका गरेको आरोप व्यावसायी तथा अटो चालकले लगाएका छन । यसकारण पुन आन्दोलन चर्काउने पक्षमा मजदुर रहेको खुल्न आएको छ । प्रहरीसँग बुझदा चोक चोकमा प्रहरी तैनाथ गरिएको हुँदा कुनै पनी घटना भए तत्काल एक्सनमा उत्रने जनाएका छन ।
यता अटो व्यावसायि मजदुरहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी द्वारा हस्तक्षेप र गोली प्रहारको घटनाप्रति विप्लव नेतृत्वको नेकपा निकट योङ रेड फोर्स चितवनले आपत्ति जनाएको छ । बुधबार उक्त संगठन चितवनका सचिव किरणले प्रेस विज्ञप्ति जारी गर्दै श्रमजीवी नेपाली जनताको भरमा टिकेको राज्य बेवस्था तिनै जनतालाई निरङ्कुस हिटलरी शासन लादेको बताएका छन् ।







