एकपटक कमरेड माओले भन्नुभएको थियो “यदि बिचार सहि छ भने सबै चिज प्राप्त हुन्छ ।यदि बिचार गलत छ भने भएका चिज पनि सबै गुम्दै जान्छ”।

जसले जे भनेपनि नेपालमा असल र क्रान्तिकारी पार्टी छ त नेपाल कम्युनिस्ट पार्टी, जसको नेतृत्व एकीकृत जनक्रान्तिका सर्जक एक कुशल र सरल व्यक्तित्व आदरणीय महासचिव कमरेड विप्लवले। नेपाल कम्युनिस्ट पार्टीको स्पष्ट दृष्टिकोण भनेको नेपालको यो जर्जर समस्या भनेको राज्यसत्ता र राज्यव्यवस्था नै हो।
विश्वबाट अफावसिद्ध संसदीय व्यवस्था नेपालमा जबर्जस्ती लादिएको छ।पुँजीवादी मुलुकमा त अफावसिद्ध भएको संसदीय व्यवस्था कहि नेपालमा चाहिँ फाप्छ ?नेपालमा त झन भयंकर रूपमा दलाल पुँजीवादको रूपमा खडा भएको छ।यो संसदीय व्यवस्था भनेको मुठ्ठीभर दलालहरुले प्रयोग गर्ने शासन हो।मुठ्ठीभर दलालहरुले आफ्नो हातमा सत्ता लिने र देश र जनतालाई पङ्गु कंगाल बनाउने व्यवस्था नै संसदीय व्यवस्था हो।
नेपालको इतिहासकै कुरा गर्ने हो भने संसदीय व्यवस्थाले जरा गाडेको ३५ वर्ष भन्दा बढी नै भैसकेछ। आजसम्म नेपाली जनताले के पाए ? नेपाली जनताले पाए त महङ्गी, बेरोजगारी ,भ्रष्टाचार ।केही मुठ्ठीभर दलालहरुको व्यक्तिगत जीवन बदलेको छ तर देश झनभन्दा झन कमजोर ,जनता झन्झन् गरीबीको रेखामुनि पिल्सिदै गएको अवस्था छ।
यी तत्वहरु सत्तामा रहँदा जहिलेपनि देशको सार्वभौमिकता संकटमा पर्छ।देशको सिमा मिचिन्छ,देशको बारेमा बोल्दा बिदेशी सेनाले दिन दाहाडै नेपाली जनतामाथी गोली बर्साइन्छ र अनाहकमा ज्यान गुमाइन्छ।सत्तामा बस्नेहरु चुँ सम्म बोल्ने आँट गर्दैनन्।पीडित परिवारलाई थमथम्याउन आठ दस लाख फालिदिन्छ।यो सबै कुहिएको संसदीय व्यवस्थाकै उपज हो। नेपाली जनतालाई दलाल संसदीय व्यवस्थाले लुट्नसम्म लुटे।कहिले बहुदलको नाममा, कहिले प्रत्यक्ष राजतन्त्रको नाममा त कहिले लोकतन्त्रको नाममा लुटे।
अहिले देशको स्थिति एकदम कमजोर र नाजुक अवस्थामा गुज्रिएको छ। यो सबै दलाल संसदीय व्यवस्थाकै परिणाम हो। २०७३ फागुन २६ गते कञ्चनपुरमा एकजना देशभक्त नागरिकले ज्यान गुमाउन पर्यो ।तर दलाल राज्यसत्ताका मालिकले एक शब्द बोल्ने आँट गरेनन्।हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले भारतको ज्यादती विरुद्ध एकदिने नेपाल बन्दको घोषणा गर्दा उल्टै हाम्रै पार्टीको होनहार कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरियो ,मानसिक ,शारीरिक यातना दिइयो , जेल हालियो।
यी सबै जड दलाल पुँजीवाद र पतनशील संसदीय व्यवस्था नै हो। दस वर्षे जनयुद्ध र २०६२/०६३ को आन्दोलनले प्राप्त गरेको सबै अधिकार नेपाली जनताबाट खोसिदैछ र अर्को तानाशाही व्यवस्था लादिदै छ,जताततै प्रतिगामीहरु सलबलाइ रहेका छन् ।जताततै अराजकता बढिरहेका छन्, यसलाई नियन्त्रण गर्नु त कता हो कता उल्टै प्रोत्साहन गर्दैछन् ।यो सबै दलाल संसदीय व्यवस्थाको उपज हो।त्यसैले नेपाललाई यहि अबस्थामा छोडेर भाग्नु भनेको कायर्तापन हो,आत्मसमर्पणवाद हो,मुर्खता हो।
हामीले देशलाई बदल्नै पर्छ। बदल्नको लागि साहस ,आँट र इच्छा चाहिन्छ। यो साहस र आँट नेपाल कम्युनिस्ट पार्टीले गर्छ र अाम नेपाली युवाले साथ दिनुपर्छ । देशका यी तमाम सबैको समाधान भनेको नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव कमरेडले संश्लेषण गर्नुभएको एकीकृत जनक्रान्तिले गर्छ।
एकीकृत जनक्रान्तिको माध्यमबाट नयाँ जनवाद र वैज्ञानिक समाजवादको दिशामा उन्मुख हुनुको विकल्प छैन। वैज्ञानिक समाजवादले मात्र देशलाई शान्ति स्थिरता र समृद्धितिर लैजाने छ।







