नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको लाजिम्पाट निवासी हाल भक्तपुरमा होटल व्यवसायी गर्दै आएका मनसुन शाहले अाफ्नाे पार्टीकाे नाममा गरेकाे कराेडाैं ठगी प्रकरणबारे नीजलार्इ कडा चेतावनी दिएकाे छ ।

नेकपा काठमाडौँ जिल्ला इन्चार्जकाे हवाला दिदै कराेडाैं रकम बार्गेनिङ गर्दै उक्त रकम नदिए ज्यान रहने धम्की दिएपछि साे पार्टीले विज्ञप्ती जारी गरेर साे कार्यकाे भण्डाफाेर गरेकाे छ ।

शुक्रबार नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त धम्की दिने व्यक्ति पार्टीको नभएको र उसको अपराधिक कार्यप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकी छिन् ।

सेक्रेटरी भृकुटीले उक्त अपराधिक व्यक्तिलाई राज्यले संरक्षण गर्यो भने जनताले कारबाही गरेरै छाड्ने विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

“देशमा सञ्चालित दलाल फासिवादी सरकार आफैले जारी गरेको संवैधानिक अधिकारलाई च्युत गरी सामाजिक फासीवादी हर्कत अगाडि बढाइरहेकै छ । जनतामा महंगी, भ्रष्टचारी कालोबजारी विकृति विसंगतिले सीमा नाघेको छ । जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाएका छैनन् । यही परिस्थितिको फाइदा उठाउँदै देशमा गुण्डागर्दी बढ्दै गएको छ ।” विज्ञप्तिमा भनिएको छ-

”विगत केही समययता नेपाल कम्युनिस्ट पार्टीको बदनाम गराउने कार्य विभिन्न व्यक्ति र समुहले गर्दै आएको सबैलाई अवगत नै छ । पछिल्लो समय काठमाडौं जिल्ला लाजिम्पाट निवासी भक्तपुरमा होटल ब्यवसायी गर्दै आएका मनसुन शाहलाई नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला इन्चार्ज र पूर्व जनमुक्ति सेनाको कमाण्डर हुँ भन्दै करोडौं रकम बार्गेनिङ गर्दै उक्त रकम दिए ज्यान रहने नत्र मारिदिने धम्की दिदै पटक पटक फोन गरी धम्की दिदै आएको पीडित पक्षले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक निकायमा अवगत गराएको छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार