कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १०५ वटा तुइन विस्थापित भएर झोलुङ्गे पुल बनेको जानकारी दिनुभयो । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।

कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नु परेको, तुइनबाट खस्ने अवस्थाको समेत अन्त्य भएको जानकारी दिँदै उहाँले केही समयभित्रै अन्य स्थानका समेत तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताउनुभयो । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको बताउनुभयो ।

उहाँले विवादलाई सहमतिमा रुपान्तरण गर्ने, जिम्मेवारी लिन र त्याग गर्न समेत तयार भएर एकतालाई सार्थक बनाउन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष गणेश रेग्मी, नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार