पढ्न भनेर स्कुल हिडेकी १३ वर्षकी निर्मला पन्त मृत फेला परेपछि आक्रोशित आफन्त र प्रहरीबीच झडप हुँदा १ बालिका र प्रहरी घाइते भएका छन् ।
प्रहरीले भिड नियन्त्रण गर्न हवाई फायर समेत गरेको छ । स्थानीय तथा बालिकाका आफन्तले नगरपालिकाका प्रमुख घटनास्थलमा नआएको र चाँसो नदेखाएको भन्दै नगरपालिका भवन घेराउ गरेका थिए । अहिले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले भिड तितरवितर गरेको छ ।
साथीको घरमा ‘होमवर्क’ गर्न गएकी कञ्चपुरकी एक किशोरी मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी हुन् ।
स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीनपा १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन् ।मृतक किशोरी त्यसअघि साथीको घरमा आउनेजाने गर्दै आएकी थिइन् । मृतकका आफन्तले बिहीबार साँझ नै प्रहरी चौकी भगतपुरमा उनी हराएको उजुरी
दिएको भएपनि प्रहरीले ‘भोली खोजौला’ भनेर टारेको थियो । ‘‘उनको मृत्यु शंकास्पद देखिएको छ, बलात्कार भएको प्रारम्भीक अनुमान गरेका #गाउ घरमै असुरक्षित बन्दै हाम्रा दिदि बहिनिहरु
https://www.youtube.com/watch?v=VVkdaWChDU4







